तीन दिने भ्रमणका लागि प्रधानमन्त्री देउवा भारत प्रस्थान
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा तीन दिने भ्रमणका लागि भारत प्रस्थान गरेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणमा देउवा भारततर्फ लागेका हुन् ।
देउवालाई बिदाइ गर्न सभामुख अग्नि सापकोटा, गृहमन्त्री बालकृष्ण खाण, परराष्ट्रमन्त्री नारायण खड्कासहितका मन्त्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए ।
प्रधानमन्त्री देउवाले भारतमा समकक्षी मोदी, भाजापाकासहित दलका नेतासँग भेट गर्ने कार्यक्रम छ । साथै, जनकपुरमा तयारीअवस्थामा रहेको रेलको समेत दुई प्रधानमन्त्रीले भर्चुअल माध्यमबाट संयुक्त रुपमा उद्घाटन पनि गर्नेछन् ।
देउवाले आज भारतीय विदेशमन्त्री एस जयशंकरसँग भेट गर्नेछन् । सुरक्षा सल्लाहकार अजित डोभालसँग पनि आजै भेट हुँदैछ । समकक्षी मोदीसँग शनिबार भेटघाट हुँदैछ । नेपाल–भारतको दुईपक्षीय भेटघाटपछि केही सम्झौतामा हस्ताक्षर हुनेछ ।
देउवाको आइतबार स्वदेश फर्किने कार्यक्रम छ ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया