तीन दिने भ्रमणका लागि प्रधानमन्त्री देउवा भारत प्रस्थान
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा तीन दिने भ्रमणका लागि भारत प्रस्थान गरेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणमा देउवा भारततर्फ लागेका हुन् ।
देउवालाई बिदाइ गर्न सभामुख अग्नि सापकोटा, गृहमन्त्री बालकृष्ण खाण, परराष्ट्रमन्त्री नारायण खड्कासहितका मन्त्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए ।
प्रधानमन्त्री देउवाले भारतमा समकक्षी मोदी, भाजापाकासहित दलका नेतासँग भेट गर्ने कार्यक्रम छ । साथै, जनकपुरमा तयारीअवस्थामा रहेको रेलको समेत दुई प्रधानमन्त्रीले भर्चुअल माध्यमबाट संयुक्त रुपमा उद्घाटन पनि गर्नेछन् ।
देउवाले आज भारतीय विदेशमन्त्री एस जयशंकरसँग भेट गर्नेछन् । सुरक्षा सल्लाहकार अजित डोभालसँग पनि आजै भेट हुँदैछ । समकक्षी मोदीसँग शनिबार भेटघाट हुँदैछ । नेपाल–भारतको दुईपक्षीय भेटघाटपछि केही सम्झौतामा हस्ताक्षर हुनेछ ।
देउवाको आइतबार स्वदेश फर्किने कार्यक्रम छ ।
ताजा अपडेट
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम
-
सशस्त्र प्रहरीद्वारा दशैँको अवसरमा काठमाडौँ उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन
-
एनटी फाइबरको सस्तो इन्टरनेट प्याकेजमा आकर्षण, ग्राहकले अब अनलाइनबाट पनि सेवा लिन सक्ने


प्रतिक्रिया