बुटवल उद्योग वाणिज्य संघमा हरिप्रसाद अर्यालको प्यानल विजयी
रुपन्देही । बुटवल उद्योग वाणिज्य संघको निर्वाचनबाट हरिप्रसाद अर्यालको प्यानल विजयी भएको छ।
संघको २५ औं अधिवेशनअन्तर्गत भएको निर्वाचनमा अर्यालले प्रतिष्पर्धी दिनेशप्रसाद श्रेष्ठलाई ८७ मतले पछि पार्दै निर्वाचित भएका हुन् ।
अर्यालले ७७६ मत प्राप्त गर्दा श्रेष्ठले ६८९ मत प्राप्त गरे । अर्याल र श्रेष्ठ दुवै कांग्रेस निकट व्यवसायी हुन् ।
नयाँ नेतृत्व चयनका लागि सोमबार भएको मतदानमा संघमा आवद्ध १ हजार ७७८ मतदातामध्ये १ हजार ५०६ मत खसेको थियो।
२०७१ सालमा महासचिव बनेका अर्याल २०७४ सालमा वाणिज्य उपाध्यक्ष निर्वाचित भएका थिए।
त्यस्तै, उद्योग उपाध्यक्षमा ७७८ मत ल्याएर सुरज भट्टराई विजयी भएका छन् । भट्टराई नेकपा एमाले निकट हुन् । उनका प्रतिस्पर्धी नवीनप्रसाद श्रेष्ठले ६७२ मत प्राप्त गरे ।
महासचिवमा मुक्ति अधिकारी, कोषाध्यक्षमा वसन्त ढकाल, सहकोषाध्यक्षमा धनाकुमारी खनाल विजयी भएकी छन्। निर्वाचित सबै अर्याल प्यानलका हुन्।
सचिवमा अर्याल प्यानलका भेषराज गैरेलाई पराजित गर्दै श्रेष्ठ प्यानलका प्रतिक पोखरेल ७२३ मत ल्याएर विजयी भए ।
ताजा अपडेट
-
निरन्तरको पलहका कारण वर्डफ्लु सङ्क्रमण नियन्त्रणतर्फ
-
रास्वपाको स्वकीय सचिव नियुक्तिमा नातेदार राख्न नपाइने
-
सुनको भाउ तोलाको ५८ सयले घट्यो
-
फ्रान्समा १५ वर्षमुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध लगाइने
-
स्वास्थ्य बीमा बोर्डद्वारा २०८२ पुससम्म २५ अर्बभन्दा बढी दाबी भुक्तानी


प्रतिक्रिया