NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २१ गते

किष्ट अस्पतालमा पहिलो पटक कलेजो र मृगौलाको एकसाथ सफल शल्यक्रिया

काठमाडौं । किष्ट अस्पतालले पहिलो पटक एकै व्यक्तिको कलेजो र मृगौलाको दुवैको एक साथ प्रत्यारोपण शल्यक्रिया गरेको छ । अस्पतालले भरतपुर, चितवनकी ३४ वर्षिया महिलाको उक्त शल्यक्रिया गरेको हो ।

अस्पतालले चिकित्सा क्षेत्रमा दुर्लभ प्रत्यारोपण शल्यक्रिया नेपालमै पहिलो पटक सम्पन्न भएको जनाएको छ । एक विज्ञप्ती जारी गर्दै अस्पतालले उक्त प्रत्यारोपण गर्न सयभन्दा बढी प्राविधिक जनशक्ति परिचालन गरेको थियो । यो शल्यक्रिया गर्न अस्पताललाई १८ घण्टा भन्दा बढी समय लागेको विज्ञप्तीमा उल्लेख छ ।

शल्यक्रिया सफल पार्न भारतस्थित ईन्दप्रस्थ अपोलो अस्पतालका डा.निरभ गोयल, डा.अरुण कुमार भनुथुरिमिल्लि र डा. सञ्जिव अनेजाको सहभागिता रहेको थियो ।

त्यस्तै, किष्ट अस्पतालका तर्फबाट वरिष्ठ शल्यचिकित्सक प्राडा मुकुन्दराज जोशीको नेतृत्वमा नेपाल सरकारबाट लाइसेन्स प्राप्त डा. एकानन्द सिंह, डा. वरुण श्रेष्ठ, डा. नारायण भुसाल, डा. सन्तोष क्षेत्री, डा. कश्यप दाहाललगायत अन्य वरिष्ठ चिकित्सकहरूको सहभागिता रहेको थियो ।

विरामीमा एक प्रकारको जन्मजात रोग (primary hyperoxalura type 1) पाइएको थियो । जसमा कलेजोले गर्दा दुवै मृगौला बिग्रिसेकेकाे थियो । यहि समस्याले नै उनले किष्ट अस्पतालबाट डायलाईसिस सेवा लिइरहेकी थिइन् ।

कलेजोले एक प्रकारको टोक्सिस केमिकल निरन्तर उत्पादन गरिरहेको र यसको कारणले नै विरामीको दुवै मृगौला खराब भएको थियो यहि अवस्थाले नै उनको दुवै अंक एकैसाग प्रत्यारोपण गरिएको थियो । यो दुर्लभ रोगको पहिचान पनि अस्पतालले नै गरेको जनाएको छ ।

यस्तो जटिल र दुर्लभ स्वास्थ्य समस्या प्रति १० लाखमा एक जनामा हुन्छ । यसको उपचार पनि विश्वका केही सिमित अस्पतालमा मात्र हुने गरेको छ । किष्ट अस्पतालले हालसम्म एक सय १५ भन्दा बढी अंक प्रत्यारोपण गरेको छ ।

ताजा अपडेट

नेपालवाच विशेष