सिक्किम पुगेका ५ नेपाली ६ दिनदेखि सम्पर्कविहीन
काठमाडौं । कामको सिलसिलामा इलामबाट भारतको सिक्किम पुगेका ५ नेपाली ६ दिनदेखि बेपत्ता भएका छन् ।
एक साताअघि टिस्टा नदीमा आएको बाढी तथा पहिरोपछि केही नेपाली सम्पर्कविहीन भएका थिए । तीमध्ये अन्य सम्पर्कमा आए पनि ५ जना अझै सम्पर्कविहीन छन् ।
सम्पर्कविहीन हुनेमा इलाम नगरपालिका–९ का सेनबहादुर कार्की, लाक्पा शेर्पा, नरमाया बस्नेत, खुसी बस्नेत र कुमार बस्नेत छन् ।
इलाम नगरपालिका–९ का वडाध्यक्ष गोपाल चौहानका अनुसार, उनीहरू अहिलेसम्म परिवारको सम्पर्कमा आएका छैनन् ।
यही असोज १६ गते मंगलबार राति सिक्किम राज्यको उत्तरी भेगमा हिमतालको माथिल्लो तटीय क्षेत्रमा मुसलधारे वर्षापछि गएको पहिरो र टिस्टा नदीमा आएको बाढीले धनजनको क्षति भएको थियो । वर्षाका कारण करिब तीन हजार पर्यटक रोकिएका थिए ।
ताजा अपडेट
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो
-
भोटेकोशी बाढी : बाबु सम्पर्कविहीन, चार सन्तान बिचल्ली
-
दुई जनाको जीवितै उद्धार गरिएको सुरुङमा एकजना मृत भेटिए


प्रतिक्रिया