लोक सेवाको कार्यतालिका इतिहासमा कहिल्यै प्रभावित भएको थिएन : मैनाली
काठमाडौं । सहसचिव र उपसचिवका लागि लोक सेवा आयोगले गर्ने विज्ञापन अन्तिममा आएर स्थगित भएपछि नेतृत्व कुशलतामाथि प्रश्न उठेको छ ।
नेपाल सरकारका पूर्वसचिव गोपीनाथ मैनालीले लोक सेवा आयोगले कायम गरेको गरिमामै आघात पुगेको बताएका छन् । उनले सामाजिक सञ्जालमार्फत नेतृत्व पहिचान नै संकटमा जाने बताउँदै वि. सं.२०६४/ २०७४ मा देखिएको आयोगको नेतृत्व कुशलताको आवश्यकता रहेको उल्लेख गरेका छन् ।
आयोगले आफ्नै कार्यतालिका अनुसारको विज्ञापन रोकेको यो इतिहासमै पहिलो भएको उनले बताएका छन् ।
त्यस्तै, लोक सेवा आयोगका पूर्व अध्यक्ष उमेश मैनालीले पनि आयोगको विज्ञापन रोकिएको प्रति आश्चर्य जनाएका छन् । २०७४ सालमा कर्मचारी समायोजनको नाममा पदपूर्ति दुई वर्ष रोक्न रोज्दा आयोगको तर्फबाट आफैँ सक्रिय भएर विज्ञापन खुलाइएको स्मरण गराएका छन् ।
“कारण नबुझी प्रतिक्रिया दिन सकिएन, तर लोक सेवा आयोगको कार्यतालिका अनुसारको विज्ञापन नै रोकिएको पहिलो पटक हो । २०७४ सालमा कर्मचारी समायोजनको नाममा पदपूर्ति दुई वर्ष रोक्न खोज्दा आयोगको तर्फबाट म आफैँ सक्रिय भई विज्ञापन खुलाइएको थियो । आयोगको अन्ठाउन्नौँ प्रतिवेदनको पेज ९९ हेर्नुहोला ।”
आयोगको वार्षिक कार्यतालिका ०८०/८१ अनुसार बुधबार (आज) प्रकाशित हुनुपर्ने विज्ञापन अन्तिममा आएर स्थगित भएको हो ।
आयोगले बुधबार एक सूचना जारी गर्दै विशेष कारणवश सहसचिव र उपसचिवको विज्ञापन स्थगित गरिएको जनाएको छ ।
बुधबारको निर्णयअनुसार विज्ञापन स्थगित भएको जनाइए पनि त्यसको कारणबारे भने प्रष्ट्याइएको छैन ।

ताजा अपडेट
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन


प्रतिक्रिया