भीम रावलको गृहप्रदेशमा ओलीले बनाए सर्वसम्मत कमिटी, अध्यक्ष बनेका जैसी को हुन् ?
काठमाडौं । नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीको अध्यक्षमा भरत साउँदले उम्मेदवारी फिर्ता लिएपछि कृष्णप्रसाद जैसी सर्वसम्मत भएका छन् ।
एमालेका अन्य प्रदेशमा निर्वाचन मार्फत नेतृत्व चयन भएपनि पार्टी पुर्व उपाध्यक्षसमेत रहेका भीम रावलको गृह प्रदेशमा भने सर्वसम्मत नेतृत्व चयन भएको छ । यो प्रदेश एमालेमा रावलको पकड क्षेत्र मानिए पनि उनी भने अधिवेशनमा सहभागि समेत भएनन् ।
आइतबारबाट सुरु भएको प्रदेश अधिवेशनमा यसअघि लामो समयसम्म सहमतिको प्रयास गरिएको थियो । तर पनि सहमतीको वातावरण टाढा बन्दै गएको थियो । केन्द्रीय अध्यक्ष ओली निकटकै नेताहरुको दूइ प्यानल हुने संकेत नदेखिएको पनि होइन ।
यद्यपी नेताहरु कर्ण थापा र दामोदर भण्डारी सहमत भएपछि नेता रावल तर्फका उम्मेदवार साउँदले हिजोसम्म अध्यक्षमा दावी गरिरहेका थिए । यसअघि जैसीसहित कमल तिमिल्सैना, भरत साउँद र बचन सिंहले उम्मेदवारी दर्ता गराएका थिए ।
तिमिल्सैनाले सुरुमै उम्मेदवारी फिर्ता लिएर जैसीलाई सघाउने भने । तरपछि साउँद र सिंहले उम्मेदवारी फिर्ता नलिने र निर्वाचनबाटै नेतृत्व चयन हुनुपर्ने बताए पनि उनीहरु पछि हटेपछि जैसी अध्यक्ष बनेका हुन् ।
शिक्षण पेशा छोडेर राजनीतिमा आएका अछामका जैसीसँग पार्टीको गाउँ कमिटी हुँदै जिल्ला कमिटी उपसचिव र दुईपटक सचिव भएका थिए ।
२०५४ सालको स्थानीय चुनावमा जिविस सभापति भएका जैसी बीचमा स्थानीय तहको चुनाव नभएकोले १६ वर्षसम्म जिविस महासंघको प्रवक्ता र स्थानीय निकायसम्वद्ध एशिया प्यासेभिकको सहअध्यक्ष भएका उनी हाल एमालेको प्रदेश अध्यक्ष बनेका हुन् ।
यस्तै, उपसचिवमा कैलालीकी भागरथी विष्ट, सचिवमा रणबहादुर चन्द सर्वसम्मत चयन भएका छन् । सचिव पदका उम्मेदवार राजेश खाती, जीवन बम र रतनबहादुर रेग्मीले उम्मेदवारी फिर्ता लिएका थिए ।
उपसचिव खुल्लामा कञ्चनपुरका नरबहादुर बिक पनि सर्वसम्मत भएका छन्। यसअघि उपाध्यक्षमा कालीबहादुर शाही सर्वसम्मत भइसकेका छन् ।
ताजा अपडेट
-
नेपालले जित्यो एसियन गेम्स क्रिकेट छनोटको उपाधि
-
वीरगन्जका मेयर राजेशमान सिंहसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
-
चरम आर्थिक संकटमा उदयपुर सिमेन्ट उद्योग
-
विद्युत् महुसुल बक्यौता तत्काल उठाउन ऊर्जामन्त्रीको निर्देशन
-
‘इरानलाई आणविक हतियारबाट रोक्न कारबाही आवश्यक थियो’ : राष्ट्रपति ट्रम्प


प्रतिक्रिया