NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख ८ गते

एनएमसीले खुलायो विशेष परीक्षाको आवेदन, कहिलेसम्म भर्न पाइने ?

काठमाडौं । नेपाल मेडिकल काउन्सिल (एनएमसी) ले विशेष परीक्षाको लागि आवेदन खुला गरेको छ ।

आगामी मंसिर १४ र १५ गते सञ्चालन हुने परीक्षाको लागि असोज २७ गतेदेखि आवेदन खुला गरिने काउन्सिलले जनाएको छ ।

विशेष परीक्षामा सहभागी हुन चाहने विद्यार्थीले एनएमसीले दिएको लिंकमा गएर फारम भर्नु पर्नेछ । इच्छुक विद्यार्थीका लागि फारम भर्ने अवधि असोज २७ देखि कार्त्तिक २६ गतेसम्म तोकिएको छ ।

विशेष परीक्षा इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोकमा कम्प्युटर प्रविधिबाट हुने पनि काउन्सिलले जानकारी दिएको छ ।

ताजा अपडेट

नेपालवाच विशेष