एनएमसीले खुलायो विशेष परीक्षाको आवेदन, कहिलेसम्म भर्न पाइने ?
काठमाडौं । नेपाल मेडिकल काउन्सिल (एनएमसी) ले विशेष परीक्षाको लागि आवेदन खुला गरेको छ ।
आगामी मंसिर १४ र १५ गते सञ्चालन हुने परीक्षाको लागि असोज २७ गतेदेखि आवेदन खुला गरिने काउन्सिलले जनाएको छ ।
विशेष परीक्षामा सहभागी हुन चाहने विद्यार्थीले एनएमसीले दिएको लिंकमा गएर फारम भर्नु पर्नेछ । इच्छुक विद्यार्थीका लागि फारम भर्ने अवधि असोज २७ देखि कार्त्तिक २६ गतेसम्म तोकिएको छ ।
विशेष परीक्षा इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोकमा कम्प्युटर प्रविधिबाट हुने पनि काउन्सिलले जानकारी दिएको छ ।

ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया