नेपालबाट १३ दिन ढिलो गरी बाहिरियो मनसुन

काठमाडौं । नेपालमा गत जेठ ३१ गते भित्रिएको यस वर्षको मनसुन आइतबारदेखि बाहिरिएको छ ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा मनसुन बाहिरिने सरदर मिति अक्टोबर २ रहेकामा यस वर्ष १३ दिन ढिलो गरी मनसुन बाहिरिएको हो ।
यस वर्षको मनसुन १२४ दिन जति नेपालमा रहेको छ । यही असोज १९ गतेदेखि मनसुन क्रमिक रूपमा बाहिरिन सुरु गरेको थियो।
यसैबीच पश्चिमी न्यून चापीय प्रणालीको कारणले आज सोमबारदेखि नेपालको सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका केही स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षा तथा उच्च पहाडी भेगमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
त्यस्तै राति सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका लगायत देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ। सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा र बाँकी प्रदेशका एक/दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।
ताजा अपडेट
-
भारतबाट फर्केका सुदूरपश्चिमका पाँच जनामा कोरोना सङ्क्रमण
-
मुलुकको अर्थतन्त्र विस्तारै लयमा फर्कँदै छ : महासचिव पोखरेल
-
मुन्दुम अन्तर्राष्ट्रिय कला सङ्ग्रहालय भवन निर्माणका लागि तीन करोड बजेट
-
नारायणगढ–बुटवल सडक खण्ड अवरुद्ध
-
मधेश प्रदेशद्वारा ‘बच्चाके स्कुल पठाऊ, साक्षरताके दीप जलाऊ’ कार्यक्रम घोषणा
प्रतिक्रिया