‘बिग बोस’ सुरु भएको केही समयमै किन भयो विक्की र अंकिताबीच खटपट ?
एजेन्सी । रियालिटी शो बिग बोस १७, अक्टोबर १५ बाट सुरु भएको छ । शो सुरु भएको केही समयमै अभिनेत्री अंकिता लोखंडे र उनका श्रीमान विक्की जैनबीच मनमुटाव सुरु भइसकेको छ ।
हालै बिग बोसले विक्की जैनलाई नियम तोडेको भन्दै नक्कली प्रेम देखाएको आरोप लागाएको छ । जस लगतै अंकिता पनि विक्कीसँग आक्रोशित भएकी थिइन् । बिग बोसको यो शिजनको थिम दिल, दिमाग र दम हो ।
यही थिमको लागि बिग बोस सेटमा तीनवटा छुट्टाछुट्टै शयनकक्ष बनाइएको छ । बिग बोसमा आएका सवै प्रतियोगीहरुलाई आफ्नो इच्छा अनुसार कोठा छनोट गर्ने विकल्प दिइएको छ । यस्तो अवस्थामा अभिनेत्री अंकिताले मन अर्थात मुटुको कोठा रोजेकी छन् । अंकिताको बाटो पछ्याउँदै, जैनले पनि मुटुको कोठा रोजेको बताइएको छ ।
विक्कीले बिगबोसको घरभित्र विभिन्न गेम खेल्ने योजना बनाएका थिए जस कारण बिग बोस उनीमाथि आक्रोशित भएको थियो । ‘विक्की भाई तिमीलाई दिमाग चलाउने मन नै छ भने अंकितालाई घर नम्वर १ मा किन पछ्यायौ ? सायद तीमिले राष्ट्रिय टेलिभिजनमा देखाउन चाहान्थ्यौें म मेरो श्रीमतीलाई धेरै माया गर्छु’ बिग बसले उनलाई इंगित गर्दै भने ।
बिग बोसको गालीमा विक्कीले कुनै विशेष प्रतिक्रिया दिएनन्, यद्यपि उनकी श्रीमती अंकिता लोखंडे त्यहाँबाट उठेर रिसाउँदै गइन् । भारतीय रिपोर्टका अनुसार अभिनेत्री अंकिता लोखंडे र विक्की यस सिजनका सवैभन्दा महँगा प्रतियोगी हुन् ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया