प्रमुख निर्वाचन आयुक्तसँग युरोपियन युनियनका राजदूतको भेट

काठमाडौं । निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियासँग युरोपियन युनियनका राजदूत लोरेन्जो भेरोनिक्यूले शिष्टाचार भेट गरेका छन् ।
उनीहरूबीच आज भएको भेटवार्तामा निर्वाचन आयोग र युरोपियन युनियनबीच विगत दुई दशकयता भएका कार्यगत सम्बन्धको समीक्षा गर्दै आगामी दिनमा द्विपक्षीय सम्बन्धलाई थप प्रभावकारी बनाउने विषयमा छलफल भएको आयोगले जनाएको छ ।
छलफलमा प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचन व्यवस्थापन प्रक्रियाको समग्र सुधारका निम्ति आयोगले तयार गरेको कार्ययोजनाबारे बताएका थिए ।
सो अवसरमा व्यवस्थापन सुधार कार्ययोजना कार्यान्वयन गर्न युरोपियन युनियन इच्छुक रहेको राजदूत भेरोनिक्यूले स्पष्ट पारेका थिए ।
ताजा अपडेट
-
रोनाल्डो फिफा क्लब विश्वकपमा सहभागी नहुने
-
गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल
-
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान
-
आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
-
अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’
प्रतिक्रिया