यसपाली दसैँमा कस्तो हुन्छ मौसम ?
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार यसपालीको दसैँमा मौसम सामान्यतया सफा रहने जनाएको छ ।
महाशाखाका मौसमविद् रोजन लामिछानेले दसैँमा मौसम सफा रहने बताए । “दसैँमा मौसम सफा रहने देखिन्छ । देशका पहाडी भेगका एक÷दुई स्थानमा बदली र हल्का वर्षा रहेपनि सामान्यतया मौसम राम्रो रहने देखिन्छ”, उनले भने ।
महाशाखाले आज साँझ या भोलि शुक्रबार दसैँको विशेष बुलेटिन जारी गर्ने तयारी गरेको छ । मौसमी अवस्थाबारे विज्ञहरुबीच छलफल भइरहेकाले छिट्टै दसैँ बुलेटिन आउने मौसमविद् लामिछानेले बताए ।
हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ । जसका कारण अहिले देशका पहाडी भू-भागका एक दुई स्थानमा मेघगर्जनरचट्याङगसहित हल्का वर्षाको सम्भावना छ । देशको उच्च पहाडी तथा हिमाली क्षेत्रका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।
रातिको समयमा कोशी र गण्डकी प्रदेशको पहाडी भू-भागका एक/दुईस्थानमा मेघगर्जन/चट्याङगसहित हल्का वर्षाको सम्भावना छ ।
भोलि शुक्रबार पनि कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा मेघगर्जन/चट्याङगसहित हल्का वर्षाको सम्भावना छ ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया