७२ वर्षको उमेरमा नागरिकता पाएपछि साउद– बल्ल नेपाली भएको महसुस भयो
अछाम । अछामका डम्बर साउदले ७२ वर्षको उमेरमा नागरिकता प्राप्त गरेका छन् । मेल्लेख गाउँपालिका वडा नम्बर ७ का साउदलाई बुधबार जिल्ला प्रशासन कार्यालय अछामका प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले नागरिकता हस्तान्तरण गरे ।
रोजगारीको सिलसिलामा लामो समयदेखि भारतमा रहनुभएकाले साउदले नागरिकता लिन पाएका थिएनन् । बुढेसकालमा नागरिकता पाएपछि बल्ल नेपाली नागरिक भएको महसुस भएको साउदले सुनाए ।
आफूले नागरिकता नबनाएका कारण छोराछोरी पनि नागरिकताबिहीन भएको उनको भनाइ छ । “ढिलै भएपनि मैले नागरिकता पाएँ, अब छोराछोरीलाई नागरिकता दिलाउँछु”, उनले भने ।
पछिल्लो समय जिल्ला प्रशासन कार्यालय अछामले कागजपत्र पूरा भएको खण्डमा आधा घण्टामै सेवा दिने अभ्यास सुरु गरेको छ । जसले गर्दा पछिल्लो समय भिडभाड पनि कम भएको प्रमुख जिल्ला अधिकारी पोखरेलको भनाइ छ ।
ताजा अपडेट
-
सहकारी ठगीमा संसदीय समिति बनाउन सहमति, कानूनमन्त्रीको नेतृत्वमा मस्यौदा कार्यदल गठन
-
राष्ट्रिय परिचयपत्र हुनेले अब लाइसेन्स बोक्नु नपर्ने
-
२५ चालकमाथि चेकजाँच हुँदा ६ जनाले लागुऔषध सेवन गरेर सवारी चलाएको भेटियो
-
नेपाल प्रहरीका चार एसएसपीको डिआइजीमा बढुवा सिफारिस, यही ब्याचबाट आइजिपी हुने
-
ट्रकको ठक्करबाट धादिङमा मोटरसाइकल चालकको मृत्यु
प्रतिक्रिया