अन्ततः श्रीलंकामा संकटकाल घोषणा
काठमाडौं । आर्थिक संकटको चपेटामा परेको श्रीलंकाले अन्ततः संकटकाल घोषणा गरेको छ । प्रदर्शन चर्किंदै गएपछि त्यहाँका राष्ट्रपति गोताबाय राजापाक्षले देशव्यापी संकटकाल घोषणा गरेका हुन् ।
उक्त संकटकाल आजदेखि नै लागू हुने बताइएको छ ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार, सार्वजनिक सुरक्षा, आपूर्ति र अत्यावश्यक सेवाको सुनिश्चित गर्न संकटकाल घोषणा गरिएको राष्ट्रपति राजापाक्षले बताएका छन् ।
टापु राष्ट्र श्रीलंकाले इतिहासमै पहिलो पटक सबैभन्दा खराब आर्थिक संकट सामना गरिरहेको छ । यसको मुख्य कारण महामारीले पर्यटन क्षेत्र प्रभावित हुनुलाई मानिएको छ ।
दक्षिण एसियाली मुलुक श्रीलंकाले अहिले १० घण्टासम्म विद्युत् आपूर्ति बन्द गरिरहेको छ । देशका सबैजसो भागमा डिजेलको समेत अभाव छ ।
यसको विरोधमा देशभर हिंसात्मक प्रदर्शनसमेत भइरहेका छन् । आन्दोलनकारीले राष्ट्रपति राजापाक्षको निवासनजिक प्रदर्शन गर्दै उनको राजीनामा समेत मागेका थिए ।
संकटकाल घोषणापछि प्रदर्शनकारीलाई नियन्त्रणमा लिन थालिएको छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया