दुई महिनादेखि २२ प्रहरी सम्पर्कविहीन !
काठमाडौं । दुई महिनाभन्दा बढी समयदेखि सम्पर्कविहीन रहेका २२ प्रहरीलाई ७ दिनभित्र हाजिर हुन प्रहरी प्रधान कार्यालयले निर्देशन दिएको छ।
प्रहरी प्रधान कार्यालयले सोमबार सूचना जारी गर्दै सम्पर्कविहीन रहेका ४ प्रहरी सहायक हवलदारसहित र २२ प्रहरीलाई सात दिनभित्र हाजिर हुन निर्देशन दिएको हो।
काठमाडौं उपत्यका प्रहरी कन्ट्रोल रुम समन्वय शाखा, रानीपोखरीमा कार्यरत जेम्स हाङ सोदेम्बा, नेपाल प्रहरी प्रभाग कार्यलय, लागू औषध नियन्त्रण इकाई पोखरामा कार्यरत नारायण पोखरेल, प्रहरी सहायक राजकुमार थारु, सुनिता चौधरीसहित २२ जना प्रहरी विगत दुई महिनाभन्दा बढी समयदेखि सम्पर्कविहीन छन्।
सूचना प्रकाशित भएको मितिले बाटोको म्याद बाहेक सातदिनभित्र आफू गैर हाजिर रहनुको कारण खोली सन्तोषजनक स्पष्टीकरण जवाफसहित प्रहाजिर हुन नआएमा प्रहरी नियमावली, २०७१ को नियम ११३ को उपनियम (१) को खण्ड (च) को कसुरमा ऐ. नियमावलीको नियम १०९ को देहाय (ख) (१) बमोजिम सेवाबाट हटाउने कारबाही गर्ने प्रहरी प्रधान कार्यालयले चेतावनी दिएको छ।


ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया