सामान्य अंकले बढ्यो नेप्से

काठमाडाैं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक तीन दशमलव ०४ अङ्कले बढेर एक हजार आठ सय ७८ दशमलव ७० अङ्कमा कायम भएको छ ।
आज दुई सय ८७ कम्पनीको २८ लाख २४ हजार सात कित्ता शेयर ३० हजार दुई सय ३७ पटक खरिद बिक्री हुँदा रू ६९ करोड ४२ लाख २२ हजार दुई सय १७ बराबरको कारोबार भएको छ ।
आज होटल तथा पर्यटन समूह शून्य दशमलव ४२, उत्पादन तथा प्रशोधन समूह शून्य दशमलव ८० र म्युचुअल फन्ड शून्य दशमलव ४६ प्रतिशतले घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ । आज सबैभन्दा धेरै निर्जीवन बीमा समूह शून्य दशमलव ८६ र व्यापार समूह शून्य दशमलव ८१ प्रतिशतले बढेको छ ।
ताजा अपडेट
-
महिला एसियन कप छनोट चरणबाटै बाहिरियो नेपाल,उज्बेकिस्तान एसियन कपमा छनोट
-
उपाधि जितेको क्रिकेट टोलीलाई प्रधानमन्त्री ओलीले दिए बधाई
-
पर्यटकीय केन्द्र बन्दै तनहुँको ‘तीनखोले मन्दिर’
-
नागरिक उन्मुक्ति पार्टीद्वारा सरकारलाई दिएको समर्थन फिर्ता
-
राजमार्ग अपडेटः विभिन्न जिल्लाका सातवटा सडक पूर्ण रूपमा अवरुद्ध
प्रतिक्रिया