NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ असार १८ गते

सन्दीपले लिए मलेसियाको तेस्रो विकेट

काठमाडौं। टी—२० विश्वकप छनोट प्रतियोगिता अन्तर्गत नेपाली क्रिकेट टिमका स्पिनर सन्दीप लामिछानेले मलेसियाविरुद्धको तेस्रो विकेट लिएका छन् ।

मंगलबार कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जिती पहिले ब्याटिङको निर्णय लिएको मलेसियाले आफ्नो तेस्रो विकेट सन्दीपबाट गुमाएको हो ।

सन्दीपले मलेसियाका ब्याट्सम्यान विरनदिप सिंहलाई एलबीडब्लू आउट गराए । सिंह आउट हुँदा मलेसियाले १०.१ ओभरमा तीन विकेट गुमाएर ८५ रन बनाएको छ ।