दोहोरो अंकले घट्यो नेप्से, यी कम्पनीको भयो सर्वाधिक कारोबार
काठमाडाैं । कारोबारको तेस्रो दिन मंगलबार सेयर बजारमा गिरावट देखिएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार मंगलबार नेप्से परिसूचक १४ दशमलव २९ अङ्कले घटेर एक हजार आठ सय ६४ दशमलव ४० अङ्कमा कायम भएको छ ।
आज दुई सय ८६ कम्पनीको २५ हजार ६२५ पटक कारोबारमा २२ लाख ५८ हजार १८७ कित्ता खरिदबिक्री हुँदा
५७ करोड १४ लाख ८३ हजार रूपैयाँको कारोबार भएको छ । आज सबै उपसमूह रताम्मे देखिएका छन् । सबैभन्दा धेरै जीवन बीमा १.४६ प्रतिशतले घटेको छ । अन्य उपसमूहरूमा बैंकिङ ०.७४, विकास बैंक ०.८५, वित्त ०.७९, होटल तथा पर्यटन ०.५४, जलविद्युत ०.७८, लगानी ०.६०, उत्पादन ०.६२, माइक्रोफाइनान्स ०.८४, म्युचल फण्ड ०.३६, नीर्जीवन ०.६०, अन्य ०.६५ र व्यापार ०.२९ प्रतिशतले घटेको छ ।
मंगलबार माहुली लघुवित्तका लगानीकर्ताले सर्वाधिक ६.०५ प्रतिशतका दरले कमाएका छन् भने सोनापुर मिनरल्स एण्ड वयल लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् ।
कारोबार रकमको आधारमा सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी शीर्ष स्थानमा छ । उक्त कम्पनीको एक करोड ७० लाख रूपैयाँको कारोबार भयो ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया