इन्स्टाग्रामबाट चिनेका युवकद्वारा यौनशोषण र १४ लाख ठगी
काठमाडौं । सामाजिक सञ्जाल इन्स्टाग्रामबाट चिनजान भएका युवालाई विश्वास गर्दा एक युवतीले लाखौँ गुमाएकी छिन् भने यौनशोषणमा समेत परेकी छिन् ।
शोषण गर्ने रामेछाप मन्थली घर भई बौद्ध बस्ने जेरी भन्ने नवीन तामाङ लामालाई प्रहरीले पक्राउ गरी मुद्दा दायर गरेकोमा अदालतले उनलाई थुनामा पठाएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले तामाङलाई पक्राउ गरी जबर्जस्ती करणी र ठगी मुद्दा चलाएको थियो । पीडितको जाहेरीअनुसार तामाङले कल मी मिस्टर तामाङ नामक इन्स्टाग्राम अकाउन्टबाट युवतीलाई रिक्वेस्ट पठाई चिनजान भएको थियो । यो समाचार आजको नयाँ पत्रिका दैनिकले छापेको छ ।
तामाङले आफू ३ कक्षादेखि अमेरिकामा अध्ययन गरेको र अमेरिका पठाइदिन सक्ने भन्दै नजिकिएका थिए । त्यही आश्वासनमा विभिन्न ठाउँमा राखेर यौनशोषण गरेको र १४ लाख रुपैयाँसम्म ठगी गरेको उजुरी दिएकी छिन् । पछि सम्पर्कविहीन भएपछि युवतीले प्रहरीमा उजुरी गरेकी हुन् । तामाङलाई मंगलबार काठमाडौं जिल्ला अदालतले थुनामा पठाएको छ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया