नेपाललाई चौथो सफलता, सोमपालले मात्र लिए दुई विकेट

काठमाडौं । टी–२० विश्वकप छनोट एसिया क्षेत्रको समूह चरणको अन्तिम खेल नेपाल र ओमानबीच जारी छ ।
खेलमा नेपालका लागि सोमपाल कामीले दुई विकेट लिएका छन् । सोमपालले ओमानका आयान खानलाई आउट गर्दै चौथौ विकेट दिलाएका हुन् । त्यस्तै, करण केसी, गुल्सन झाले समान एक विकेट लिन सफल भएका छन् ।
गुल्सन झाले ओमानका श्रीकान्त अथावलाई आउट गराएका हुन् । त्यस्तै नेपालका लागि दोस्रो विकेटमा सोमपाल कामीले ओमानका अकिब इलियास आउट गराएका थिए ।
नेपालका लागि पहिलो विकेट दिलाएका करण केसीको बलमा ओमानका कश्यप प्रजापति आउट भएका थिए ।
प्रतिक्रिया