सेयर बजार निरन्तर ओरालो यात्रामा, कारोबार रकममा सुधार
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकको ओरालो यात्रा आज पनि कायमै देखिएको छ । आज नेप्से १०.८६ प्रतिशतले घटेर १८४७.७० विन्दुमा पुगेको छ ।
नेप्से घटेपनि कारोबार रकममा भने सुधार देखिएको छ । आज दुई सय ८१ कम्पनीको ३७ लाख ४९ हजार ९५४ कित्ता शेयर कित्ता सेयर ५४ हजार ७६३ पटक कारोबारमा ९६ करोड ४४ लाख ७७ हजार रूपैयाँको कारोबार भएको छ । बुधबार ८१ करोड २० लाख ८९ हजार दुई सय ९१ बराबरको कारोबार भएको थियो ।
बिहीबार होटल तथा पर्यटन र उत्पादनको उपसूचक बढेका छन् भने बाँकीको घटेको छ । होटल तथा पर्यटन ४.२७ प्रतिशत र उत्पादन ०.०७ प्रतिशतले बढेको छ । अन्य उपसमूहरूमा बैंकिङ ०.८८, विकास बैंक ०.३५, वित्त १.०५, जलविद्युत १.१०, लगानी ०.२६, जीवन बीमा ०.३९, माइक्रोफाइनान्स ०.७३, म्युचल फण्ड ४.६३, नीर्जीवन बीमा ०.९४, अन्य ०.६७ र व्यापार ३.०५ प्रतिशतले घटेको छ ।
चन्द्रगिरी हिल्स लिमिटेडको शेयरमूलय आज सबैभन्दा धेरै ६.०४ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै घट्नेमा सयपत्री हाइड्रोपावर लिमिटेडको शेयर मूल्य १० प्रतिशतले घटेको छ ।
कारोबार रकमको आधारमा आज आशा लघुवित्त वित्तिय संस्थाको १० करोड १० लाख १० हजार रूपैयाँको कारोबार भएको छ ।
ताजा अपडेट
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम
-
सशस्त्र प्रहरीद्वारा दशैँको अवसरमा काठमाडौँ उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन
-
एनटी फाइबरको सस्तो इन्टरनेट प्याकेजमा आकर्षण, ग्राहकले अब अनलाइनबाट पनि सेवा लिन सक्ने


प्रतिक्रिया