एक्यूफिट स्मार्टवाचको खरिदमा मोबाइल फोन नि:शुल्क
काठमाडाैं । टेक स्टुडियो प्रालि लिमिटेडले ‘एक्यूफिट (AQFiT) स्मार्टवाचको हरेक खरिदमा नि:शुल्क मोबाइल फोन पाउनुहोस्’ भन्ने ट्याग लाइनको साथ आगामी तिहारको लागि विशेष योजना घोषणा गरेको छ ।
यस योजनाले प्रत्येक चाइनिज मोडेल एक्यूफिट स्मार्टवाचको खरिदमा नि:शुल्क मोबाइल फोन प्रदान हुने कम्पनीले जनाएको छ । चयन गरिएका मोडलहरूमा एक्यूफिट डब्लु१६, एक्यूफिट डब्लु १८ (म्याक्स जीटी) र एक्यूफिट डब्लु २० (कस्मिक प्लस) समावेश छन् । जसको प्रस्ताव मूल्य क्रमशः ३ हजार ९९९, ४ हजार ९९९ र र ६ हजार ९९९ तोकिएको छ। कम्पनीका अनुसार एक्यूफिट डब्लु १६ को खरीद संग, केजीटेल १०५ मोबाइल फोन नि: शुल्क प्रस्ताव गरिएको छ। जहाँ, एक्यूफिट डब्लु १८ (म्याक्स जीटी) AQFiT W18 (Max GT) को खरिदमा केजीटेल १०६ (KGTEL 106) मोबाइल फोन नि:शुल्क र केजीटेल २४३ (KGTEL 243) मोबाइल फोन एक्यूफिट डब्लु २० (कस्मिक प्लस) AQFiT W20 (Cosmiq+) को खरिदमा नि:शुल्क उपलब्ध गराएको छ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया