राष्ट्रपति पौडेल र कोरियाका ग्रामीण मामिलामन्त्री नेतृत्व प्रतिनिधिमण्डल बीच भेटवार्ता
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग गणतन्त्र कोरियाका कृषि, खाद्य तथा ग्रामीण मामिलामन्त्री चुङ वाङ केन नेतृत्वको प्रतिनिधिमण्डलले शिष्टाचार भेट गरेका छन् ।
त्यस अवसरमा राष्ट्रपतिले नेपाल र गणतन्त्र कोरियाबीचको सम्बन्ध पछिल्ला वर्षमा अझ प्रगाढ हुँदै गएकामा खुशी व्यक्त गरे । साथै उनले नेपालको सामाजिक तथा आर्थिक विकासमा कोरिया भरपर्दो साझेदारका रूपमा रहेको बताएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
कोरियाली अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) मार्फत नेपालले प्राविधिक सहयोग एवं जनशक्ति विकासलगायत विभिन्न क्षेत्रमा प्राप्त सहायताका निम्ति कोरिया सरकारप्रति कृतज्ञता ज्ञापन गरे ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया