तालमेलबारे फरक मत राखे पनि निर्णय नमान्न पाइँदैन : गगन थापा
सिन्धुपाल्चोक । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आउँदो चुनावमा तालमेलबारे पार्टीभित्र फरक मत राखे पनि पार्टीको निर्णय सबैले मान्नुपर्ने बताएका छन् । इन्द्रावतीको गाउँपालिकाको गौरवको योजना इन्द्रावती रङ्गशाला र गाउँपालिकाको प्रशासनिक भवनको उद्घाटन कार्यक्रममा उनले भने, “तालमेल गर्नेबारे पार्टीमा निरन्तर छलफल गर्दैछौँ ।”
इन्द्रावती गाउँपालिकाको प्रशासनिक भवन रु छ करोडमा तयार भएको हो भने इन्द्रावती रङ्गशाला रु तीन करोड ७९ लाखमा १८ महिनामा तयार भएको हो । रङ्गशालाको प्याराफिटमा एक हजार ४०० व्यक्ति अट्ने क्षमता रहेको छ ।
इन्द्रावती गाउँपालिकाका अध्यक्ष वंशलाल तामाङले आफ्नो कार्यकालमा सक्दो विकासको प्रयास गरेको बताए । इन्द्रावती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद शर्माले इन्द्रावतीले विकासको फड्को मारेको दाबी गरे ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया