सर्वाधिक नाफा कमाउनेमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, यस्ता छन् अन्य सूचक
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक पहिलो त्रैमासमा सर्वाधिक नाफा कमाउने बैंक बन्न सफल भएको छ । बैंकले साउनदेखि असोजमसान्तसम्ममा १ अर्ब ५२ करोड २२ लाख ९९ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।
जुन गत आवको असोज मसान्तसम्मको तुलनामा भने ३३.४६ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा बैंकले १ अर्ब १४ करोड ५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
असोज मसान्तसम्ममा बैंकको चुक्तापुँजी ३४ अर्ब १२ करोड ८५ लाख रुपैयाँ छ । यस अवधिमा बैंकले ३ खर्ब ४ करोड २४ करोड ४ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।
पहिलो त्रैमासमा बैंकको खुद ब्याज आम्दानी पनि ९५.४० प्रतिशतले बढेर ४ अर्ब १६ करोड १० लाख ४१ हजार रुपैयाँ पुगेको छ । संचालन नाफा पनि ५९.९० प्रतिशतले वृद्धि भई २ अर्ब ६० करोड ५४ लाख रुपैयाँ पुगेको छ । बैंकको वितरणयोग्य नाफा भने ८५ करोड ३२ लाख रुपैयाँ ऋणात्मक देखिएको छ ।
बैंकको खराब कर्जा ३.२६ प्रतिशतले बढेर ४.८३ प्रतिशत पुगेको छ । हालसम्म बैंकको जगेडा तथा कोषमा २५ अर्ब ८९ करोड ३८ लाख रुपैयाँ राखेको छ ।
बैंकको प्रतिसेयर आम्दानी १७ रुपैयाँ ८४ पैसा र प्रतिसेयर नेटवर्थ १७३ रुपैयाँ ३७ पैसा रहेको छ ।
ताजा अपडेट
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने


प्रतिक्रिया