चाडपर्वलक्षित अफर : बेनेली बाइक खरिद गर्दा थाइल्याण्ड घुम्न जान पाउने अवसर
काठमाडौं । नेपालका लागि बेनेली मोटरसाइकलको आधिकारिक वितरक केटीएम इन्टरनेसनल ट्रेडिङ प्रालिले चाडपर्व लक्षित नयाँ अफर सार्वजनिक गरेको छ ।
दशैं र तिहार पर्वलाई लक्षित गरी ‘पहिला कहिल्यै नभएको अहिले’ नामक योजना सार्वजनिक गरेको हो । यो अफर बेनेलीका सबै मोडलका मोटरसाइकलका लागि मान्य हुनेछ ।
यसमा ग्राहकहरूले प्रत्येक खरिदमा थाइल्याण्डको निःशुल्क यात्रा वा सो बराबरको नगद छुट, बेनेलीको ब्रान्डेड हेल्मेट र अन्य धेरै उपहार प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।
यो अफर विभिन्न मोडलहरूमा विविधिकरण गरिएको छ । जसमा बेलेनी पेनेरिया स्कुटर, टीएनटी–१५, टीएनटी–१५०आई र ३०२एस मोडलमा ग्राहकहरुले १ लाख रुपैयाँसम्मको स्क्र्याच कुपन र १८०एस तथा टीआरके बेनेली मोटरसाइकलमा थाइल्याण्ड भ्रमण वा सो बराबरको नगद छुट पाउनेछन् ।
ताजा अपडेट
-
निरन्तरको पलहका कारण वर्डफ्लु सङ्क्रमण नियन्त्रणतर्फ
-
रास्वपाको स्वकीय सचिव नियुक्तिमा नातेदार राख्न नपाइने
-
सुनको भाउ तोलाको ५८ सयले घट्यो
-
फ्रान्समा १५ वर्षमुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध लगाइने
-
स्वास्थ्य बीमा बोर्डद्वारा २०८२ पुससम्म २५ अर्बभन्दा बढी दाबी भुक्तानी


प्रतिक्रिया