बिशेष अदालतद्वारा तीन महिनामै भ्रष्टाचार मुद्दाको फैसला, गाउँपालिका अध्यक्षलाई कैद
काठमाडौं । भ्रष्टाचारका मुद्दा फैसला हुन वर्षाै लाग्छ । तर, बिशेष अदालतले एउटा भ्रष्टाचार मुद्दाको चार महिना पनि नपुगी फैसला सुनाएको छ । झापा जिल्लाको झापा गाउँपालिकामा भएको भ्रष्टाचार मुद्दाको फैसला बिहीबार अदालतले सुनाउँदै अध्यक्ष जयनारायण साहलाई तीन महिना कैद १० हजार जरिवानाको फैसला गरेको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत १७ असारमा मुद्दा दायर गरेको थियो । आयोगले ११ जनालाई प्रतिवादी बनाएकोमा १० जना दोषी ठहर भएका छन् । अध्यक्ष साहसहित गाउँपालिकाकी पूर्वउपाध्यक्ष कुन्तीदेवी बुढाथोकी, वडा नम्बर ६ का तत्कालिन अध्यक्ष हरिबहादुर वानिया, वडा नम्बर ७ का नेत्र प्रसाद उप्रेती र वडा नम्बर ३ का तत्कालिन वडाअध्यक्ष मोतिलाल गणेशलाई पनि समान सजायको फैसला भएको छ । गाउँपालिकाका इन्जिनियर अभिषेख दास र सब–इन्जिनियर बिज्ञान चम्लागाईलाई तीन महिना कैद र १० हजार रुपैयाँ जरिवानाको सजाय तोकिएको बिशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले बताए ।
लक्ष्मी मार्ग बाटो उपभोक्ता समितिका अध्यक्ष धनपति थपलिया, सचिव फणिन्द्र प्रसाद खरेल, कोषाध्यक्ष शन्तमाया सुब्बा लिम्बुलाई चार महिना कैद र चार लाख ४१ हजार नौ सय ६४ रुपैयाँ जरिवाना भएको छ । उनीहरुबाट बिगो २२ लाख आठ सय २३ दामासाहीका आधारमा असुल गर्ने र थप तीन महिना १० हजार जरिवाना पनि हुने फैसला भएको छ। गाउँपालिकाका प्रशासकिय अधिकृत चोलाराज दंगालको भने अनियमिततामा प्रष्ट मिलेमतो नदेखिएको भन्दै उनले सफाई पाएका छन् ।
आर्थिक वर्ष २०७४÷७५ मा झापा गाउँपालिकाको वडा नम्बर ३, ६ र ७ मा बाटो ग्राभेल गर्दा वास्तविक काम भन्दा धेरै काम भएको नापी किताब तयार गरी नक्कली बिल बनाएर भुक्तानी गरी भ्रष्टाचार गरेको अभियोगमा अख्तियारले गत २७ असारमा मुद्दा दायर गरेको थियो । २२ लाख आठ सय २३ रुपैयाँ यसरी भ्रष्टाचार भएको अख्तियारको दाबी थियो ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया