भन्सार राजस्व असुलीमा कमी
गोदावरी । कैलालीस्थित भन्सार कार्यालयको राजस्व असुलीमा कमी आएको छ । साउन अन्तिम सातादेखि क्वारेन्टाइन आकर्षण हुने सम्पूर्ण सामग्री आयात ठप्प भएपछि राजस्व असुलीमा कमी आएको भन्सार कार्यालयले जनाएको छ ।
यो आर्थिक वर्षमा राजस्व असुली लक्ष्यमा पुग्न सक्ने सम्भावना कम रहेको कार्यालयका प्रमुख भन्सार अधिकृत राजेन्द्र हमालले जानकारी दिए । कार्यालयले चालु आवमा रू ११ अर्ब ५८ करोड २५ लाख ७० हजार राजस्व असुली गर्ने लक्ष्य लिएकामा असोज मसान्तसम्ममा रू एक अर्ब ६१ करोड ९० लाख २५ हजार मात्रै असुली भएको उनले जानकारी दिए।
हमालका अनुसार आव २०७७/७८ मा रू आठ अर्ब २१ करोड ७३ लाख ७१ हजार राजस्व असुलीको लक्ष्य लिएकामा रू आठ अर्ब ८४ करोड १४ लाख २८ हजार, आव २०७८/७९ मा रू ११ अर्ब ८२ करोड ३९ लाख १७ हजार लक्ष्य लिएकामा रू नौ अर्ब ५८ करोड २६ लाख ५० हजार असुली गरेको थियो ।
गत आवमा रू १२ अर्ब ३० करोडको राजस्व असुली गर्ने लक्ष्य लिइएकामा रू आठ अर्ब २९ करोड मात्रै असुली भएको भन्सार अधिकृत हमालले जानकारी दिए । साउन अन्तिम सातादेखि क्वारेन्टाइन बन्द भएपछि कैलालीमा अघिल्लो आवको तुलनामा यो वर्ष भन्सार राजस्व असुलीमा कमी आउने उनले बताए ।
भन्सार प्रमुख हमालले फलफूल, तरकारी, खाद्यान्न, दलहनलगायतका वस्तु क्वारेन्टाइन नहुँदा आयात ठप्प भएको बताउँदै क्वारेन्टाइन स्थापनाका लागि विभागमा पत्राचार गरिएको बताए।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया