भन्सार राजस्व असुलीमा कमी

गोदावरी । कैलालीस्थित भन्सार कार्यालयको राजस्व असुलीमा कमी आएको छ । साउन अन्तिम सातादेखि क्वारेन्टाइन आकर्षण हुने सम्पूर्ण सामग्री आयात ठप्प भएपछि राजस्व असुलीमा कमी आएको भन्सार कार्यालयले जनाएको छ ।
यो आर्थिक वर्षमा राजस्व असुली लक्ष्यमा पुग्न सक्ने सम्भावना कम रहेको कार्यालयका प्रमुख भन्सार अधिकृत राजेन्द्र हमालले जानकारी दिए । कार्यालयले चालु आवमा रू ११ अर्ब ५८ करोड २५ लाख ७० हजार राजस्व असुली गर्ने लक्ष्य लिएकामा असोज मसान्तसम्ममा रू एक अर्ब ६१ करोड ९० लाख २५ हजार मात्रै असुली भएको उनले जानकारी दिए।
हमालका अनुसार आव २०७७/७८ मा रू आठ अर्ब २१ करोड ७३ लाख ७१ हजार राजस्व असुलीको लक्ष्य लिएकामा रू आठ अर्ब ८४ करोड १४ लाख २८ हजार, आव २०७८/७९ मा रू ११ अर्ब ८२ करोड ३९ लाख १७ हजार लक्ष्य लिएकामा रू नौ अर्ब ५८ करोड २६ लाख ५० हजार असुली गरेको थियो ।
गत आवमा रू १२ अर्ब ३० करोडको राजस्व असुली गर्ने लक्ष्य लिइएकामा रू आठ अर्ब २९ करोड मात्रै असुली भएको भन्सार अधिकृत हमालले जानकारी दिए । साउन अन्तिम सातादेखि क्वारेन्टाइन बन्द भएपछि कैलालीमा अघिल्लो आवको तुलनामा यो वर्ष भन्सार राजस्व असुलीमा कमी आउने उनले बताए ।
भन्सार प्रमुख हमालले फलफूल, तरकारी, खाद्यान्न, दलहनलगायतका वस्तु क्वारेन्टाइन नहुँदा आयात ठप्प भएको बताउँदै क्वारेन्टाइन स्थापनाका लागि विभागमा पत्राचार गरिएको बताए।
ताजा अपडेट
-
रोनाल्डो फिफा क्लब विश्वकपमा सहभागी नहुने
-
गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल
-
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान
-
आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
-
अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’
प्रतिक्रिया