२८ लाख घुससहित पक्राउ परेका इन्जिनियर दोषी ठहर
काठमाडौं । २८ लाख रुपैयाँ घुससहित पक्राउ परेका इन्जिनियर भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । खानेपानी तथा सरसफाई डिभिजन नम्बर ४, मन्थलीका इन्जिनियर नवराज सत्याललाई बिशेष अदालतले दोषी ठहर गरेको हो ।
गत वर्ष २ कात्तिकमा उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको थियो । बिल भुक्तानीका लागि उनले १६ लाख नगद र १२ लाख रुपैयाँको चेक लिएका थिए । उनीसहित पक्राउ परेका पलम्बर बखत बहादुर थापा पनि दोषी ठहर भएका छन् । शुक्रबार फैसला भएपनि उनीहरुको सजाय निर्धारण भने भएको छैन ।
गत वर्ष २६ मंसिरमा आयोगले उनीहरुविरुद्ध मुद्दा दायर गरेको थियो ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया