भूकम्प अपडेट : जाजरकोटमा ९२ र रुकुम पश्चिममा ३६ जनाको मृत्यु
काठमाडौं । शुक्रबार राति गएको भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिममा गरी हालसम्म मर्नेको सङ्ख्या १२८ पुगेको छ ।
जाजरकोटमा मात्र ९२ जनाको मृत्यु भएको छ भने रुकुम पश्चिममा अहिलेसम्म ३६ जनाको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख डीएसपी नमराज भट्टराईले जानकारी दिएका छन् ।
जाजरकोटमा भूकम्पबाट ५५ जना घाइते भएका छन् भने रूकुम पश्चिममा ८५ जना घाइते भएका छन् ।
ज्यान गुमाउनेहरूमा भेरी नगरपालिकाका, नलगाड नगरपालिकाका, कुशे गउँपालिका र छेडागाड नगरपालिकाका रहेका छन् ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार नेपाली सेनाका १६ जना चिकित्सक र उपचारका सामग्रीसहित प्रधानमन्त्री प्रचण्ड त्यसतर्फ प्रस्थान गरेका छन् ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया