सशस्त्र प्रहरीमा ७५ अधिकृत माग, ४९ मात्र उत्तीर्ण
काठमाडौं । सशस्त्र प्रहरी बलले ७५ सशस्त्र प्रहरी निरीक्षक माग गरेकामा गुणमापक चरणसम्म पुग्दा ४९ जनाले मात्रै नाम निकाल्न सफल भएका छन् । सशस्त्र प्रहरीले गत ११ भदौमा दरखास्त आह्वान गरिएको निरीक्षक पदमा मागिएभन्दा कम उत्तीर्ण भएका हुन् ।
यो पदका लागि आठ सय ७१ जनाको आवेदन परेको थियो । तीमध्ये तीन सय ९४ मात्रै लिखित परीक्षाका लागि छनोट भएका थिए । परीक्षामा सहभागीमध्ये ६१ जनाले मात्रै नाम निकाल्न सफल भएका थिए । पछि उनीहरूलाई गुणमापक परीक्षणमा सहभागी गराइयो । उनीहरूमध्ये टिओ (टेस्टिङ अफिसर) र जिटिओ (ग्रिप टेस्टिङ अफिसर) चरणमा पुग्दा ४९ जना मात्रै छनोट भएका छन् । उनीहरूलाई बुधबार नै गुणामक परीक्षणकै अर्को चरण आइओ (इन्टरभ्यू अफिसर) मा सहभागी गराइएको छ ।
सशस्त्र प्रहरी बलका केन्द्रीय प्रवक्ता कमलप्रसाद तिउसिनाले छनोटको मापदण्ड कडाइसाथ कार्यान्वयन गरिँदा तोकिएको कोटाभन्दा कम अधिकृत उत्तीर्ण भएको बताए । ‘अधिकतृ क्याडेट छनोटका आफ्नै मापदण्ड छन् । अधिकृत क्याडेटले ती मापदण्ड अनिवार्य रूपमा पूरा गर्नुपर्छ । नगर्नेको नाम छनोट हुन्न । यो नियम कडाइका साथ कार्यान्वयन गरिएका छन् । त्यसो हुँदा माग भएभन्दा कम छनोट भएका हुन्,’ उनले भने । आजको नयाँ पत्रिकामा खबर छ ।
ताजा अपडेट
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता


प्रतिक्रिया