कुलमान घिसिङलाई कार्यालय प्रवेशमा रोक
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई कर्मचारीहरूले कार्यालय प्रवेशमा रोक लगाएका छन् । विभिन्न सातबुँदे माग राखेर आन्दोलनरत कर्मचारीले आफ्नो चासो सम्बोधन गर्न उदासीनता प्रकट गरेको भन्दै घिसिङलाई कार्यालय प्रवेशमा रोक लगाउने घोषणा गरेका हुन् ।
नेपाल विद्युत प्राधिकरणका क्रियाशील कर्मचारी युनियन र नेपाल विद्युत प्राधिकरण कर्मचारी संघ कात्तिक १४ गतेदेखि आन्दोलनरत छन् । यिनै दुई संगठनले घिसिङलाई कार्यालय प्रवेशमा रोक लगाएका हुन् ।
यसअघि उनीहरूले प्राधिकरणका कार्यकारी निर्देशक, उप–कार्यकारी निर्देशक र प्रादेशिक कार्यालय प्रमुखहरूलाई पनि कार्यकक्षमा प्रवेशमा निषेध गरेका थिए ।
कर्मचारी युनियनद्वारा घोषणा गरिएको संघर्षका कार्यक्रममा कात्तिक १९ गते ११ः१५ बजेदेखि १२ः१५ बजेसम्म, कात्तिक २० गते ११ः१५ बजेदेखि १२ः४५ बजेसम्म र २१ गते ११ः१५ बजेदेखि १ः१५ बजेसम्म कार्यकक्ष प्रवेशमा निषेध गर्ने उल्लेख छ ।
कर्मचारी युनियनहरूले आफूले उठाएका जायज माग सम्बोधन गर्न आग्रह गर्दै २२ गतेपछि थप संघर्षका कार्यक्रम घोषणा गर्ने चेतावनी दिएका छन् ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया