संकटमा पाकिस्तानी प्रधानमन्त्री खान, आज अविश्वास प्रस्ताव फेस गर्दै
काठमाडौं । पाकिस्तानी प्रधानमन्त्री इमरान खान संकटमा परेका छन् । सरकार गठनमा साथ दिएका दल नै विपक्षमा उभिएपछि खान नेतृत्वको सरकार अल्पमतमा परेको हो ।
पाकिस्तानको ३४२ सदस्यीय तल्लो सदन नेशनल एसेम्ब्लीमा खानको पक्षमा मात्रै १४२ र विपक्षमा १९९ सांसद खडा भएका छन् । योसँगै उनी संसदमा अल्पमतमा परेका छन् ।
अल्पमतमा परे पनि खानले राजीनामा नदिने बरु अश्विासको प्रस्ताव सामना गर्ने निर्णय गरेका थिए । जसमाथि आइतबार मतदान हुँदैछ ।
खानले विश्वासको मत नपाएमा पाकिस्तानमा नयाँ सरकार गठनको प्रक्रिया सुरु हुनेछ । विपक्षीले सरकार निर्माण गर्दा पूर्वप्रधानमन्त्री नवाज सरिफका भाइ सेहबाज सरिफ अर्को प्रधानमन्त्री बन्ने सम्भावना बढी छ ।
खान पूर्व राष्ट्रिय क्रिकेट खेलाडी हुन् । उनी सन् २०१८ को अगस्टमा सरकारको नेतृत्व लिन सफल भएका थिए । पाकिस्तान तेहरिक–इ–इन्साफ (पीटीआई) आबद्ध खानमाथि महँगी नियन्त्रण नगरेकोलगायत आरोप विपक्षीको छ । खान आफैंले यसलाई अमेरिकी षड्यन्त्र भनेका छन् । उनले आफू अमेरिकीविरोधी भए पनि भारतविरोधी नभएको बताएका छन् ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया