भूकम्पपीडितका लागि रक्तदान गर्दै तरुण दल
काठमाडौं । जाजरकोट भूकम्पबाट भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गर्दै बढ्दो रगतको अभाव परिपूर्ति गर्ने उद्देश्यले नेपाल तरुण दलले भोलि कात्तिक २० गते सोमबार भृकुटीमण्डप प्राङ्गणमा वृहत् खुल्ला रक्तदान कार्यक्रम गर्ने भएको छ ।
तरुण दलको केन्द्रीय कार्यसमितिले एक सूचना जारी गर्दै भूकम्पबाट घाइते भएकाको उपचारमा सहयोग गर्न रक्तदान गर्न लागिएकोे जनाएको छ ।
बिहान ११ बजेदेखि रक्तदान कार्यक्रम सुरू भई दिनभरसम्म जारी रहने केन्द्रीय सदस्य सरोज न्यौपानेले जानकारी दिए। ‘रगतको अभाव भएकाले हामीले पनि आफ्नो तर्फबाट त्यसलाई कम गर्न प्रयास गर्दैछौं । सम्पूर्ण युवालाई रक्तदानका लागि आग्रह गरेका छौँ’, उनले भने ।
रक्तदानमा काठमाडौँ उपत्यकामा रहनुभएका विद्यार्थी, युवा सहभागी हुने विश्वास केन्द्रीय सदस्य न्यौपानेको छ ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया