काठमाडौं महानगरले सुत्केरी र किरिया खर्च उपलब्ध गराउने, कसले पाउने ?
काठमाडौं । काठमाडौं महानगरपालिकाले ‘साथी महानगर’ स्वर्णिम योजना कार्यान्वयनमा ल्याएको छ ।
सो कार्यक्रम अन्तर्गत महानगरले अब किरिया खर्च र सुत्केरी खर्च वितरण गर्ने भएको महानगरका मेयर बालेन साहले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।
सुत्केरी महिलालाई पोसिलो खानेकुराको अभाव नहोस्, किरिया खर्चको अभावमा संस्कार छोड्नु नपरोस्, जोखिममा रहेका बालबालिका, ज्येष्ठ नागरिक, महिला, अपाङ्गता भएका व्यक्तिले एक्लो महसुस गर्न नपरोस् भन्ने उद्धेश्यले कार्यक्रम सञ्चालनमा ल्याइएको महानगरले जनाएको छ ।
महानगरले २० हजारसम्म किरिया खर्च र १० हजारसम्म सुत्केरी खर्च दिने घोषाणा गरेको छ । तर, यो रकम पाउनका लागि भने महानगरले तोकेको मापदण्ड भित्र पर्नुपर्ने छ ।
यो सुविधा लिन चाहनेहरुले वडा कार्यालय वा काठमाडौं महानगरपालिकाको सामाजिक विकास विभागअन्तर्गत साथी महानगर परियोजना कार्यान्वयन एकाइमा सम्पर्क राख्न सक्नेछन् ।
कसरी लिने यो सुविधा ?
किरिया खर्च
यदि विपन्न हुनुहुन्छ र किरिया खर्चको समेत आवश्यकता छ भने महानगरले २० हजार सम्म खर्च उपलब्ध गराउने छ । महानगरले विपन्न अन्तर्गत घर जग्गा आफ्नो स्वामित्वमा नरहेको, परिवारमा कुनै सदस्यको नियमित रोजगारी नभएको, विगत १ वर्ष भित्र कुनै पनि वैदेशिक रेमिटेन्स प्राप्त नगरेको, शारीरिक तथा मानसिक रूपमा अस्वस्थ रहेको, शारीरिक अपाङ्गता रहेको , कुपोषित गर्भवती तथा कुपोषित बच्चा रहेको, परिवारमा अन्य १५-६० वर्षका व्यक्ति नरहेको भनी वडा कार्यालयमा सिफारिस लिनु पर्दछ ।
यस्तै घर जग्गा आफ्नो स्वामित्वमा नरहेको, परिवारमा कुनै सदस्यको नियमित रोजगारी नभएको, विगत १ वर्ष भित्र कनै पनि वैदेशिक रेमिटेन्स प्राप्त नगरेको, शारीरिक तथा मानसिक अस्वस्थ रहेकोलाई परिवारको हकमा महानगरपालिकाले १५ हजार सम्म किरिया खर्च उपलब्ध गराउने छ ।
सुत्केरी सहयोग
शारीरिक तथा मानसिक रूपमा अस्वस्थ रहेको, शारीरिक अपाङ्गता रहेको, कुपोषित गर्भवती तथा कुपोषित बच्चा रहेको, परिवारमा अन्य १५-६० वर्षका व्यक्ति नरहेको सुत्केरीलाई काठमाडौं महानगरले साथी महानगर (स्वर्णिम योजना) अन्तर्गत १० हजार सहयोग गर्ने छ ।
यस्तै ४२ दिन भित्रको सुत्केरी, परिवारमा अन्य १५(६० वर्षका व्यक्ति नरहेको, परिवारमा कुनै सदस्यको नियमित रोजगारी नभएको सुत्केरीलाई भने महानगरले ७ हजार ५ सय सुत्केरी खर्च उपलब्ध गराइने छ ।
ताजा अपडेट
-
सहकारी ठगीमा संसदीय समिति बनाउन सहमति, कानूनमन्त्रीको नेतृत्वमा मस्यौदा कार्यदल गठन
-
राष्ट्रिय परिचयपत्र हुनेले अब लाइसेन्स बोक्नु नपर्ने
-
२५ चालकमाथि चेकजाँच हुँदा ६ जनाले लागुऔषध सेवन गरेर सवारी चलाएको भेटियो
-
नेपाल प्रहरीका चार एसएसपीको डिआइजीमा बढुवा सिफारिस, यही ब्याचबाट आइजिपी हुने
-
ट्रकको ठक्करबाट धादिङमा मोटरसाइकल चालकको मृत्यु
प्रतिक्रिया