त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका हवाई उडान प्रभावित
काठमाडाैं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान र अवतरण पुनः प्रभावित भएका छन् । गत सोमबारदेखि कम भिजिबिलिटी भएका कारण विमानस्थलको उडान तथा अवतरण प्रभावित भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।
आज बिहानदेखि काठमाडौँको मौसम पुनः धुम्म भएका कारण आन्तरिकतर्फका ३१ उडान अवतरणमा समस्या भएको विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिए । अन्य दिनको जस्तो आज असर नरहेको र मौसममा सुधार हुने बित्तिकै उडान तथा अवतरण नियमित हुने प्रवक्ता सिटौलाको भनाइ छ ।
भिजिबिलिटी कम हुँदा शनिबार दिउँसो पनि त्रिभुवन विमानस्थलबाट भएका उडान र अवतरण प्रभावित भएका थिए ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया