भूकम्पबाट घाइते भएका ४१ जनाकाे भेरी अस्पतालमा उपचार हुँदै
नेपालगञ्ज । बाँकेस्थित भेरी अस्पताल नेपालगञ्जमा भूकम्पबाट घाइते भएका ४१ जनाको उपचार भइरहेको छ । गएराति एम्बुलेन्सबाट थप तीन जना बिरामीलाई यहाँ ल्याएपछि उपचाररतको सङ्ख्या ४१ पुगेको नेपालगञ्जका ‘फोकलपर्सन’ तथा जनस्वास्थ्य अधिकृत नरेश श्रेष्ठले जानकारी दिए ।
उनीहरु तीनै जना जाजरकोटका हुन् । अस्पतालमा अहिलेसम्म १८ पुरुष र २३ महिलाको उपचार भइरहेको जनाउँदै हालसम्म सातजनाको शल्यक्रिया गरिएका उनले बताए । श्रेष्ठका अनुसार यसअघि गम्भीर घाइते भएका एक जनाको मृत्यु भइसकेको छ ।
दुई गम्भीर बिरामीको आइसियु वार्डमा र एक जना गर्भवती महिलाको प्रसूती वार्डमा उपचार भइरहेको श्रेष्ठले बताए । उनका अनुसार जाजरकोटका एक जना डिस्चार्ज भएर घर फर्केका छन् ।
‘डेडिकेटेड’ अस्पतालका रुपमा रहेको उक्त अस्पतालमा कोहलपुर मेडिकल कलेजमा उपचार गराइरहेका बिरामीलाई पनि स्थानान्तरण गरिएको थियो । बिरामी पाँच वर्षमुनिदेखि ६० वर्षमाथिसम्मका छन् ।
यसैबीच अस्पतालले बिरामीलाई सङ्क्रमण हुन सक्ने भन्दै निरन्तर भेटघाट र भिडभाड नगर्न आग्रह गरेको छ । अस्पतालले बिरामीलाई भेट्न निश्चित समय तोकेको छ ।
जाजरकोटलाई केन्द्रबिन्दु बनाएर गएको ६.४ म्याग्निच्युटको भूकम्पका कारण जाजरकोट र रुकुमपश्चिममा ठूलो जनधनको क्षति भएको छ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया