आजदेखि उन्नति सहकार्य लघुवित्तको एफपीओ निष्काशन
काठमाडौं । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाको एफपीओ (फर्दर पब्लिक अफरिङ) आजदेखि निष्काशन भएको छ ।
कम्पनीले एक सय अंकित मूल्य दरले एक करोड ७८ लाख ४५ हजार ११८ रूपैयाँ बराबरको एक लाख ७८ हजार ४५१ कित्ता सेयर सर्वसाधारणमा निष्काशन गरेको हो । उक्त एफपीओमा लगानीकर्ताले न्यूनतम १० र अधिकतम एक हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।
लगानीकर्ताले कार्तिक २४ गतेसम्म आवेदन दिनुपर्ने छ । एफपीओको बिक्री प्रबन्धकमा सिदार्थ क्यापिटल लिमिटेड रहेको छ ।
ताजा अपडेट
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम
-
सशस्त्र प्रहरीद्वारा दशैँको अवसरमा काठमाडौँ उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन
-
एनटी फाइबरको सस्तो इन्टरनेट प्याकेजमा आकर्षण, ग्राहकले अब अनलाइनबाट पनि सेवा लिन सक्ने


प्रतिक्रिया