मुम्बईलाई हराउँदै राजस्थान शीर्ष स्थानमा, गुजरातको लगातार दोस्रो जित

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा जित निकाल्दै राजस्थान रोयल्स शीर्ष स्थानमा उक्लिएको छ । गएराति भएको खेलमा मुम्बई इण्डियन्सलाई २३ रनले पराजित गर्दै राजस्थान शीर्ष स्थानमा उक्लिएको हो ।
१९४ रनको लक्ष्य पछ्याएको मुम्बईले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १७० रन मात्र बनायो ।
यसअघि टस हारेर ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ८ विकेट गुमाएर १९३ रन बनाएको थियो ।
राजस्थानले २ खेलमा शतप्रतिशत जित निकालेको छ । यससँगै उ अंक तालिकाको शीर्षस्थानमा उक्लिएको छ ।
यता, मुम्बई भने २ खेल खेल्दा जितविहीन छ । उ तालिकाको पुछारबाट दोस्रो स्थानमा छ ।
गएराति नै भएको अर्को खेलमा गुजरात टाइटन्सले लगातार दोस्रो जित निकालेको छ । गुजरातले दिल्ली क्यापिटल्सलाई १४ रनले पराजित गर्दै लगातार दोस्रो जित दर्ता गरेको हो ।
१७२ रनको लक्ष्य पछ्याएको दिल्ली २० ओभरमा ९ विकेट गुमाएर १५७ रन मात्र बनायो ।
यसअघि टस हारेर ब्याटिङ गरेको गुजरातले २० ओभरमा ६ विकेट गुमाएर १७१ रन बनाएको थियो ।
२ खेलमा शतप्रतिशत जित निकालेको गुजरात ४ अंकका साथ तालिकाको तेस्रो स्थानमा छ । दिल्लीले भने २ खेलमा १ जित र १ हार ब्यहोरेको छ । उ २ अंकका साथ तालिकाको तेस्रो स्थानमा छ ।
ताजा अपडेट
-
भारतबाट फर्केका सुदूरपश्चिमका पाँच जनामा कोरोना सङ्क्रमण
-
मुलुकको अर्थतन्त्र विस्तारै लयमा फर्कँदै छ : महासचिव पोखरेल
-
मुन्दुम अन्तर्राष्ट्रिय कला सङ्ग्रहालय भवन निर्माणका लागि तीन करोड बजेट
-
नारायणगढ–बुटवल सडक खण्ड अवरुद्ध
-
मधेश प्रदेशद्वारा ‘बच्चाके स्कुल पठाऊ, साक्षरताके दीप जलाऊ’ कार्यक्रम घोषणा
प्रतिक्रिया