मुम्बईलाई हराउँदै राजस्थान शीर्ष स्थानमा, गुजरातको लगातार दोस्रो जित
काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा जित निकाल्दै राजस्थान रोयल्स शीर्ष स्थानमा उक्लिएको छ । गएराति भएको खेलमा मुम्बई इण्डियन्सलाई २३ रनले पराजित गर्दै राजस्थान शीर्ष स्थानमा उक्लिएको हो ।
१९४ रनको लक्ष्य पछ्याएको मुम्बईले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १७० रन मात्र बनायो ।
यसअघि टस हारेर ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ८ विकेट गुमाएर १९३ रन बनाएको थियो ।
राजस्थानले २ खेलमा शतप्रतिशत जित निकालेको छ । यससँगै उ अंक तालिकाको शीर्षस्थानमा उक्लिएको छ ।
यता, मुम्बई भने २ खेल खेल्दा जितविहीन छ । उ तालिकाको पुछारबाट दोस्रो स्थानमा छ ।
गएराति नै भएको अर्को खेलमा गुजरात टाइटन्सले लगातार दोस्रो जित निकालेको छ । गुजरातले दिल्ली क्यापिटल्सलाई १४ रनले पराजित गर्दै लगातार दोस्रो जित दर्ता गरेको हो ।

१७२ रनको लक्ष्य पछ्याएको दिल्ली २० ओभरमा ९ विकेट गुमाएर १५७ रन मात्र बनायो ।
यसअघि टस हारेर ब्याटिङ गरेको गुजरातले २० ओभरमा ६ विकेट गुमाएर १७१ रन बनाएको थियो ।
२ खेलमा शतप्रतिशत जित निकालेको गुजरात ४ अंकका साथ तालिकाको तेस्रो स्थानमा छ । दिल्लीले भने २ खेलमा १ जित र १ हार ब्यहोरेको छ । उ २ अंकका साथ तालिकाको तेस्रो स्थानमा छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया