सिबिफिनको उपमहानिर्देशकमा रोशन कोइराला नियुक्त
काठमाडाैं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को उपमहानिर्देशकमाा रोशन कोइराला नियुक्त भएका छन् । सिबिफिनले कोइरालाई कार्यालय प्रमुखको समेत जिम्मेवारी दिइएको छ ।
नेपालको एक अग्रणी वाणिज्य बैंकबाट भर्खरै मात्र स्वेच्छिक अवकास लिएका कोइरालाले वाणिज्य बैंकको वरिष्ठ प्रबन्धकसम्मको पदीय जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरेका छन् । व्यापार प्रशासनमा स्नातकोत्तर तहसम्मको शैक्षिक योग्यता हासिल गरेका कोइरालाले रणनीतिक मानवीय पूँजी व्यवस्थापन, व्यवस्थापन विकास, व्यवस्थापकिय नेतृत्व विकास तथा अध्यापन, तालिम र पेशागत विकास जस्ता क्षेत्रहरुमा विभिन्न देशका प्रतिष्ठित विश्वविद्यालयहरुबाट विशिष्ट तालिम समेत प्राप्त गरेका छन् ।
कर्पोरेट, एसएमई, खुद्रा ऋण, निक्षेप मार्केटिङ, विदेशी व्यापार, जनशक्ति व्यवस्थापन, बैंकिङ क्षेत्रको रणनीतिक विकास, वित्तीय जोखिम न्यूनीकरण, बजारको गतिशीलता, वित्तीय स्थायित्व, दिगो विकास, समष्टिगत अर्थतन्त्रको हित जस्ता क्षेत्रमा कोइरालाको गहिरो ज्ञान र अनुभव रहेको छ ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया