सिबिफिनको उपमहानिर्देशकमा रोशन कोइराला नियुक्त
काठमाडाैं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को उपमहानिर्देशकमाा रोशन कोइराला नियुक्त भएका छन् । सिबिफिनले कोइरालाई कार्यालय प्रमुखको समेत जिम्मेवारी दिइएको छ ।
नेपालको एक अग्रणी वाणिज्य बैंकबाट भर्खरै मात्र स्वेच्छिक अवकास लिएका कोइरालाले वाणिज्य बैंकको वरिष्ठ प्रबन्धकसम्मको पदीय जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरेका छन् । व्यापार प्रशासनमा स्नातकोत्तर तहसम्मको शैक्षिक योग्यता हासिल गरेका कोइरालाले रणनीतिक मानवीय पूँजी व्यवस्थापन, व्यवस्थापन विकास, व्यवस्थापकिय नेतृत्व विकास तथा अध्यापन, तालिम र पेशागत विकास जस्ता क्षेत्रहरुमा विभिन्न देशका प्रतिष्ठित विश्वविद्यालयहरुबाट विशिष्ट तालिम समेत प्राप्त गरेका छन् ।
कर्पोरेट, एसएमई, खुद्रा ऋण, निक्षेप मार्केटिङ, विदेशी व्यापार, जनशक्ति व्यवस्थापन, बैंकिङ क्षेत्रको रणनीतिक विकास, वित्तीय जोखिम न्यूनीकरण, बजारको गतिशीलता, वित्तीय स्थायित्व, दिगो विकास, समष्टिगत अर्थतन्त्रको हित जस्ता क्षेत्रमा कोइरालाको गहिरो ज्ञान र अनुभव रहेको छ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया