सेयर बजारमा सामान्य सुधार, सोनापुर मिनरल्सको सर्वाधिक कारोबार
काठमाडौं । बुधबार नेप्सेमा एकल अंकको वृद्धि देखिएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचका अनुसार नेप्से ५.१७ अंकले बढेर १८६३.९४ विन्दुमा पुगेको छ ।
नेप्से बढेपनि कारोबार रकममा भने गिरवाट देखिएको छ । आज दुई सय ८८ कम्पनीको ३० हजार ३६४ सय पटक कारोबारमा ३१ लाख ५७ हजार ६२ कित्ता सेयर खरिदबिक्री हुँदा ७८ करोड २७ लाख ४३ हजार रूपैयाँको कारोबार भएको छ ।
बुधबार चार उपसमूहका सूचक घटेका छन् भने बाँकीको बढेको छ । घटेका उपसमूहरूमा विकास बैंक ०.३८, होटल तथा पर्यटन ०.६४, लगानी ०.४३ र नीर्जीवन ०.२३ प्रतिशतले घटेको छ । बढ्ने उपसमूहरूमा बैंकिङ ०.२५, वित्त ०.३३, जलविद्युत ०.६५, जीवन बीमा ०.५१, उत्पादन १.१६, माइक्रोफाइनान्स ०.२४, अन्य ०.७३, व्यापार ०.२० प्रतिशतले बढेको छ ।
आज ग्लोबल आइएमइ लघुवित्तका लगानीकर्ताले सर्वाधिक ८.०७ प्रतिशतका दरले कमाएका छन् भने कर्पोरेट विकास बैंकका लगानीकर्ताले सर्वाधिक ६.३८ प्रतिशतका दरले गुमाएका छन् ।
कारोबार रकमको आधारमा सोनापुर मिनरल एण्ड वयलको सर्वाधिक ५ करोड ६१ लाख ४१ हजार रूपैयाँको कारोबार भएको छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया