सेयर बजारमा सामान्य सुधार, सोनापुर मिनरल्सको सर्वाधिक कारोबार
काठमाडौं । बुधबार नेप्सेमा एकल अंकको वृद्धि देखिएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचका अनुसार नेप्से ५.१७ अंकले बढेर १८६३.९४ विन्दुमा पुगेको छ ।
नेप्से बढेपनि कारोबार रकममा भने गिरवाट देखिएको छ । आज दुई सय ८८ कम्पनीको ३० हजार ३६४ सय पटक कारोबारमा ३१ लाख ५७ हजार ६२ कित्ता सेयर खरिदबिक्री हुँदा ७८ करोड २७ लाख ४३ हजार रूपैयाँको कारोबार भएको छ ।
बुधबार चार उपसमूहका सूचक घटेका छन् भने बाँकीको बढेको छ । घटेका उपसमूहरूमा विकास बैंक ०.३८, होटल तथा पर्यटन ०.६४, लगानी ०.४३ र नीर्जीवन ०.२३ प्रतिशतले घटेको छ । बढ्ने उपसमूहरूमा बैंकिङ ०.२५, वित्त ०.३३, जलविद्युत ०.६५, जीवन बीमा ०.५१, उत्पादन १.१६, माइक्रोफाइनान्स ०.२४, अन्य ०.७३, व्यापार ०.२० प्रतिशतले बढेको छ ।
आज ग्लोबल आइएमइ लघुवित्तका लगानीकर्ताले सर्वाधिक ८.०७ प्रतिशतका दरले कमाएका छन् भने कर्पोरेट विकास बैंकका लगानीकर्ताले सर्वाधिक ६.३८ प्रतिशतका दरले गुमाएका छन् ।
कारोबार रकमको आधारमा सोनापुर मिनरल एण्ड वयलको सर्वाधिक ५ करोड ६१ लाख ४१ हजार रूपैयाँको कारोबार भएको छ ।
ताजा अपडेट
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम
-
सशस्त्र प्रहरीद्वारा दशैँको अवसरमा काठमाडौँ उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन
-
एनटी फाइबरको सस्तो इन्टरनेट प्याकेजमा आकर्षण, ग्राहकले अब अनलाइनबाट पनि सेवा लिन सक्ने


प्रतिक्रिया