नेपालतर्फ सुन, चीनतर्फ यार्सागुम्बा तस्करी
काठमाडौं । दोलाबाट सुन तस्करी गर्ने चिनियाँ नेतृत्वको गिरोहले नेपालबाट भने चीनमा अवैध रूपमा यार्सागुम्बा लैजाने गरेको अनुसन्धानमा खुलेको छ । सुन तस्करीमै संलग्न व्यक्तिहरूलाई चिनियाँहरूले यार्सा ओसार्न पनि लगाएका थिए ।
प्रहरी अनुसन्धानमा यार्सागुम्बा तस्करीको पनि पुष्टि भएको छ । तर, यार्सागुम्बा बरामद हुन नसकेकाले वनसम्बन्धी मुद्दा दायर गर्ने कि नगर्ने भन्नेमा टुंगो लागेको छैन ।
डेढ महिनाअघि दोलखाको उत्तरी नाका फलेकबाट तस्करी भई आएको ११ किलो ४५ तोला सुन प्रहरीले बरामद गरेको थियो । पक्राउ परेकाविरुद्ध प्रहरीले अवैध रूपमा सुनको चोरी–पैठारी तथा संगठित अपराध कसुरमा अनुसन्धान गरिरहेको छ ।
फलेक नाकाबाट सुन तस्करी गर्ने गिरोहका मुख्य नाइके चिनियाँ नागरिक ६६ वर्षीय टासी दावा भनिने आगर लामा र गेङ राउ भएको प्रहरीको भनाइ छ । त्यस्तै, दोलखाको बिगु गाउँपालिका– १ का ५५ वर्षीय नुर्बुछिरिङ शेर्पा र सुनमाला तामाङले पनि सघाएका थिए ।
तस्करीको सुन किन्ने काठमाडौंका सुन पसले दीपेन्द्र शाक्य र तिलक विक पनि पक्राउ परिसकेका छन् । सनत प्रधान, लालबहादुर तामाङ, पेम्बा तामाङ, च्याङ्बा भनिने चसमान तामाङ, केशर तामाङ, माधव मगर, चेतनाथ न्यौपाने पनि प्रहरी हिरासतमा छन् ।
उनीहरूले यसअघि पनि सो नाकाबाट सुन तस्करी गर्दै आएका थिए । आलुको बोरामा लुकाएर सुन तस्करी गर्ने क्रममा बोरा नै चोरी भएपछि प्रहरीले तस्करीको सूचना पाएपछि सुन बरामद गरेको थियो । यो घटनाको अनुसन्धान अन्तिम चरणमा पुगेको प्रहरीले जनाएको छ ।
यो समाचार हामीले आजको नयाँ पत्रिका दैनिकबाट लिएका हौँ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया