प्रचण्डको दाबी– माओवादीले नेतृत्व गरेका स्थानीय सरकार उत्कृष्ट

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टीले नेतृत्व गरेको स्थानीय तहमा राम्रो काम भएको दाबी गरेका छन् ।
शहीद रामवृक्ष यादवको शालिक अनावरणका लागि आइतबार जनकपुरधाम पुगेका प्रचण्डले माओवादीका जनप्रतिनिधिले नेतृत्व गरेको पालिका उत्कृष्ट भएको दाबी गरेका हुन् ।
‘यो मैले गरेको दाबी होइन । सरकारको संवैधानिक समितिले दिएको रिर्पोटमा माओवादीले नेतृत्व गरेको स्थानीय सरकारले उत्कृष्ट काम गरेको रिर्पोट दिएको छ’, उनले भने, ‘माओवादीले जहाँ नेतृत्व ग¥यो त्यहाँ सर्वश्रेष्ठ भयो । अन्यको भएन भन्ने रिर्पोट आएको छ । त्यसैले आगामी दिनमा पनि राम्रो र उत्कृष्ट काम गर्ने जोश र जाँगरका साथ आफूले गरेका राम्रा कामका एजेण्डा बोकेर जनताकोमा जानोस् ।’
देशलाई संकट पर्दा बचाउने माओवादी भए पनि सरकारको नेतृत्वमा गैरमाओवादी हुनु बिडम्बना भएको उनले टिप्पणी गरे । माओवादीले मात्र राम्रो काम गर्न सक्छ भन्ने विश्वास जनतालाई भएकोले आफ्नो पक्षमा जन लहर बढ्दै गएको जिकिर गरे ।
ताजा अपडेट
-
नेप्से परिसूचक २८ अंकले बढ्यो
-
नेपालको कृषि क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानीका लागि परराष्ट्र मन्त्रीको आग्रह
-
मनसुनका एक महिना : ६७४ घटना, ३१ जनाको मृत्यु, ११२ घाइते
-
सिक्टा सिँचाइ : पश्चिमी मूल नहरको छैटौँ शाखा नहर निर्माण सम्पन्न
-
आर्थिक कुटनीति र लगानी प्रर्वद्धनका लागि चेम्बर र आईआरजीडीडीबीच सम्झौता
प्रतिक्रिया