यस्ता छन् मन्त्रिपरिषद्का निर्णयः राष्ट्रिय गौरवका आयोजना बढे, मन्त्रीको तलब भूकम्पपीडितलाई

काठमाडौं । प्रधानमन्त्री र मन्त्रीहरूले एक महिनाको तलब भूकम्पपीडितलाई सहयोग गर्ने भएका छन् ।
आज बसेको मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्रीसहित मन्त्रीहरूको एक महिनाको पारिश्रामिक बराबरको रकम भूकम्प पीडित राहत कोषमा दिने निर्णय भएको हो ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माका अनुसार सरकारले केही आयोजनालाई राष्ट्रिय गौरवको आयोजना घोषणा गरेको छ । जसमा मूलपानी, चितवन र विराटनगरमा निर्माणाधीन रंगाशाला समावेश छन् । शर्माका अनुसार क्रिकेटमा नेपालको निकै राम्रो सम्भावना देखिएकाले यो निर्णय गरिएको हो ।
योसँगै सरकारले पोर्चुगलमा नेपाली दूतावास स्थापना गर्ने र निजगढ विमानस्थलको निर्माण अघि बढाउने पनि निर्णय गरेको छ ।
प्रतिक्रिया