यस्ता छन् मन्त्रिपरिषद्का निर्णयः राष्ट्रिय गौरवका आयोजना बढे, मन्त्रीको तलब भूकम्पपीडितलाई
काठमाडौं । प्रधानमन्त्री र मन्त्रीहरूले एक महिनाको तलब भूकम्पपीडितलाई सहयोग गर्ने भएका छन् ।
आज बसेको मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्रीसहित मन्त्रीहरूको एक महिनाको पारिश्रामिक बराबरको रकम भूकम्प पीडित राहत कोषमा दिने निर्णय भएको हो ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माका अनुसार सरकारले केही आयोजनालाई राष्ट्रिय गौरवको आयोजना घोषणा गरेको छ । जसमा मूलपानी, चितवन र विराटनगरमा निर्माणाधीन रंगाशाला समावेश छन् । शर्माका अनुसार क्रिकेटमा नेपालको निकै राम्रो सम्भावना देखिएकाले यो निर्णय गरिएको हो ।
योसँगै सरकारले पोर्चुगलमा नेपाली दूतावास स्थापना गर्ने र निजगढ विमानस्थलको निर्माण अघि बढाउने पनि निर्णय गरेको छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया