एमइसिइईको प्रवेश परीक्षामा नक्कली परीक्षार्थी, १ भारतीयसहित ५ जना पक्राउ
काठमाडौं । चिकित्सा शिक्षा स्नातक तहको एकीकृत प्रवेश परीक्षामा सहभागी ५ जना नक्कली परिक्षार्थीलाई प्रहरीले पक्राउ गरेको छ ।
चिकित्सा शिक्षा आयोग सानोठिमी, भक्तपुरद्वारा चैत १८–२१ मा सञ्चालित ‘मेडिकल एजुकेसन कमन इन्ट्रान्स परीक्षा (एमइसिइई), २०२२ को अनुगमनका लागि अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाका आधारमा ती परीक्षार्थीलाई पक्राउ गरेको हो ।
उपत्यकास्थित सिसिआरसी कलेज, एम्बिसन कलेज, ग्रामर स्कुल लगायतका परीक्षा केन्द्रबाट नक्कली विद्यार्थी पक्राउ परेको प्रहरी अपराध महाशाखा काठमाडौंले जनाएको छ ।
उनीहरूलाई परीक्षा दिइरहेको अवस्थामा नक्कली प्रवेशपत्र र नेपाली नागरिकतासहित पक्राउ गरी आवश्यक अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर काठमाडौं र ललितपुरमा पठाइएको र सो सम्बन्धमा थप अनुसन्धानसमेत जारी रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा वर्ष २२ का सम्सी–४, महोत्तरीका अमर पण्डित, चक्रघट्टा–४, सर्लाहीका अनिकेत चौधरी, राजगढ–१ सप्तरीका वर्ष २६ का रामआशिष यादव रहेका छन् ।
त्यस्तै भारतको विहारका वर्ष २४ का इस्तियाख अहमद, सम्सी–५ सप्तरी वर्ष २३ का सन्नीकुमार साह रहेका छन् ।
आर्थिक अवस्था कमजोर भएका जेहेन्दार विद्यार्थीहरूलाई रू. २ लाखदेखि १८ लाखसम्म रकम दिने प्रलोभन देखाइ नक्कली परीक्षार्थी बनाइएको प्रहरीले जनाएको छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया