झापाका कैदीबन्दीले गरे भूकम्पपीडितलाई सहयोग
झापा । झापा जिल्ला कारागारका कैदीबन्दीले जाजरकोट र पश्चिम रूकुमका भूकम्पपीडितको सहयोगार्थ आधा दिनको सिदा रकम प्रदान गरेका छन् ।
कैदीबन्दीका तर्फबाट प्रधानमन्त्री दैवीप्रकोप सहायता कोषमा आज ५८ हजार ६ सय ८५ जम्मा गरिएको कारागार प्रमुख मोहन पनेरुले बताए ।
कैदीबन्दीले दैनिक सिदाबापत ८० रूपैयाँ पाउँछन् । त्यसमध्ये आधा रकम भूकम्पपीडितलाई सहयोग दिइएको हो । झापा कारागारमा हाल एक हजार पाँच सय ६० जना कैदीबन्दी रहेका छन् ।
यसैगरी, विर्तामोड नगरपालिकाले भूकम्पपीडितको सहयोगार्थ रु पाँच लाख सहयोग गरेको छ । नगर कार्यपालिकाको बैठकले निर्णय गरेपछि उक्त सहयोग रकम प्रधानमन्त्री दैवीप्रकोप सहायता कोषमा जम्मा गरिएको नगरप्रमुख पवित्रा महतराले बताइन् ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया