मोरङको एक सुन पसलमा आगलागी, चार जना प्रहरीसहित २७ जना घाइते
काठमाडौं । मोरङको उर्लाबारीमा गएराति भएको आगलागीमा २७ जना घाइते भएका छन् । घाइते भएकामध्ये केहीको अवस्था गम्भीर छ ।
राती १० बजे तिर स्थानीय दीपक कार्कीको घरमा रहेको सुन पसलमा आगलागी हुँदा घाइते भएकाहरूको विराटनगर र बिर्तामोडका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
घाइते मध्ये चार जना प्रहरीहरू पनि रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
लक्ष्मी पूजा गर्दा सल्किएको आगो निभाउन जाने क्रममा प्रहरी घाइते भएका हुन् ।
आगो करिब ३ घण्टापछि नियन्त्रणमा आएको थियो ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया