मिसन बन्द हुने भएपछि मालीबाट फर्कियो नेपाली सेना

काठमाडौं । अफ्रिकी देश मालीमा राष्ट्रसंघ अन्र्तगत शान्ति स्थापनार्थ खटिएका नेपाली सैनिक फिर्ता भएका छन् । मालीमा शान्ति मिसन बन्द गर्ने निर्णय भएपछि नेपाली सैनिक पनि फर्किएका हुन् ।
प्रमुख सेनानी चित्रबहादुर कार्की नेतृत्वको टोली राष्ट्रसंघको चार्टड विमानबाट बिहीबार फर्किएको नेपाली सेनाले जनाएको छ । मालीमा कन्टिन्जेन्टमा एक सय ५६ तथा पर्यवेक्षक तथा स्टाफ अफिसरमा १२ जना कार्यरत थिए । जसमध्ये पहिलो चरणमा ८१ जना फर्किएका छन् ।
सैनिक नेतृत्वको माली सरकार र राष्ट्रसंघबीच विवाद बढेपछि त्यहाँ राष्ट्रसंघीय मिसन बन्द हुन लागेको हो ।
ताजा अपडेट
-
राष्ट्रियसभालाई विधेयकमा दुईवर्षे कुलिङ पिरियडको व्यवस्था गर्न अनुरोध गर्ने समितिको निर्णय
-
आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक राष्ट्रियसभाबाट स्वीकृत
-
अर्थमन्त्री पौडेलको दाबी-‘बजेट लोकतन्त्र र गणतन्त्रको मर्म अनुसार आएको छ’
-
३४ अंकले बढ्यो नेप्से, कारोबार कति ?
-
सुदूरपश्चिम प्रदेशसभाः आगामी आर्थिक वर्षको बजेट पारित
प्रतिक्रिया