अमेरिकासँगको सम्बन्ध जुनसुकै बेला तोड्न सकिने रुसको चेतावनी
मस्को । रुस र संयुक्त राज्य अमेरिका बीचको सम्बन्ध अहिले ठूलो सङ्कटबाट गुज्रिरहेको र दुई देशबीचको सम्बन्ध कुनै पनि बेला विच्छेद हुनसक्ने रुसी विदेश मन्त्रालयले बिहीबार जनाएको छ।
रुस र संयुक्त राज्य अमेरिका बीचको कूटनीतिक सम्बन्धको पुनःस्थापनाको ९०औं वर्षगाँठको उपलक्ष्यमा परराष्ट्र मन्त्रालयले दुई देशबीचको सम्बन्धलाई प्रतिबिम्बित गर्दै यस आशयको विज्ञप्ति जारी गरेको छ ।
वाशिङ्गटनको ‘रुसोफोबिक’ (रुस र रूसी जनताप्रिको डर, वितृष्णा) गतिविधिका कारण सम्बन्ध विच्छेदन हुने जोखिममा रहेको मन्त्रालयले जनाएको छ ।
‘यो रुसको छनोट होइन, यद्यपि, संयुक्त राज्य अमेरिकाले चालेका गैरजिम्मेवार कदमहरूले द्वन्द्वलाई बढावा दिइरहेको छ र यसले विनाशकारी नतिजा निम्त्याउन सक्छ,’ विदेश मन्त्रालयले बताएको छ । वाशिङ्गटनले आफ्नो सैद्धान्तिक उद्देश्यमा ध्यान केन्द्रित गर्दै रूसलाई गलहत्याउने रणनीतिका कारण द्विपक्षीय सम्बन्ध बिग्रिएको रुसको दाबी छ।
अमेरिकी आधिपत्य र प्रभुत्वलाई ‘आधारभूत विश्वदृष्टिकोण’ मान्ने वर्तमान अमेरिकी राजनीतिक अभिजात वर्गका नीतिहरूले पनि सम्बन्धलाई ठूलो मात्रामा बाधा पुर्याएको रुसको बुझाइ छ ।
संयुक्त राज्य अमेरिका रुसका जनताको अशान्ति र स्थीर शासन व्यवस्था परिवर्तनलाई व्यवस्थित गर्नमा केन्द्रित छ, र यसले यी लक्ष्यहरू प्राप्त गर्न स्रोतहरू लगानी गरिरहेको छ, विज्ञप्तिमा भनिएको छ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया